
मेचीनगर। झापा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाईटेडले जितेको छ । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा एपीएफ एफसीलाई चर्च ब्वाइजले ३—० गोलको अन्तरले पराजित गरेको छ ।एक समारोहबीच बिजेता टिम चर्च ब्वाइजलाई १३ लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।उपबिजेता बनेको एपीएफले । सात लाख नगद पुरस्कार पाएको छ ।



