खबरहेड लाइन

कृष्णबहादुर महरालाई काठमाडौं ल्याइयो

काठमाडौं ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ। सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

सुन तस्करी प्रकरणमा संलग्न देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालय लाजिम्पाट लगिएको छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button