
देवेन्द्र किशोर
झापा। इस्लाम धर्मालम्बीहरुको पर्व रमजानको अवसरमा बिपन्न गरीब मुस्लिम समुदायका एक सय अठार परिवारलाई टर्कीमा रहेको संस्थाले राहत वितरण गरेको छ ।
झापागाउँ पालिका स्थित मदरसा मिस्वाहुल उलूममा सम्पन्न एक कार्यक्रम बीच सो संस्थाका प्रतिनिधि मोहम्मद ताहिर नदबीको अध्यक्षतामा भएको कार्यक्रममा प्रति परिवार पच्चिस केजी चामल,दुई केजी दाल, दुई लीटर खाने तेल, एक— एक केजी नून, चिनी वितरण गरिएको थियो।
उक्त कार्यक्रममा इस्लामी संघ नेपाल झापाका अध्यक्ष मो अब्दुल सुब्हान इस्लाही, मदरसा मिस्वाहुल उलुम के अध्यक्ष मो शेर मोहम्मद, प्रिंसिपल आलम गिर मुहम्मदी लगायतको मुख्य उपस्थिति रहेको स्थानीय साजिद अन्सारीले बताए ।



