कला

लन्डन टु पेरिस जेठ २५ मा आउने

काठमाडौं ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी बाँधेको रोमान्टिक फिल्म लन्डन टु पेरिस आगामी जेठ २५ गते रिलिज हुने भएको छ।

निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज डेट घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन्।

फिल्ममा साम्राज्ञी र निश्चलका साथमा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनीष श्रेष्ठ, मनीष गान्धीललागतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। गरिमाले पनि लन्डन टु पेरिसबाटै फिल्ममा डेब्यू पाएकी छन्।

एबी इन्टरनेसनलको प्रस्तुति तथा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्म्स् लिमिटेडको ब्यानरमा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी रानाद्वारा निर्मित फिल्ममा कथा, पटकथा र संवाद प्रदीप भारद्वाज, संगीत हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगर, पाश्र्व संगीत सुजिल कर्माचार्य, कोरियोग्राफी लंगनेस फर्नान्डेज, छायांकन निर्देशन अभेद परव र सम्पादन सजु चन्द्रनको रहनेछ।

ट्राभल लभस्टोरीमा बनेको फिल्म घनश्याम लामिछानेले निर्देशन गरेका छन्। फिल्ममा सनिश खकुरेल सह–निर्माता र अंकित गौतम कार्यकारी निर्माता रहेका छन्।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button