खेलकुद

‘राइट टु प्रोटिन रन’को तयारी पूरा, शनिबार प्रतिस्पर्धा हुने

काठमाडाैं । नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा हुने राइट टु प्रोटिन रनको तयारी पूरा भएको छ । भाेलि (शनिवार) राइट टु प्रोटिन नामक म्याराथनसहित विभिन्न विधामा दौड हुँदैछ । बिहीवार भेटेरिनरी एशोसिएशनले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

साथै उक्त एक दिने प्रतियोगिताका विभिन्न विधामा प्रतिष्पर्धा गर्ने खेलाडी संख्यामा पनि टुङ्गो लागेको आयोजकले जनाएको छ । दशरथ रंगशालामा हुने प्रतिष्पर्धामा कुल सात हजार दुई जनाको सहभागिता पक्का भएको आयोजकको दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सो कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । प्रतियोगितामा हाफ म्याराथनतर्फ महिला (१८२ जना) र पुरुष (१२६६ जना) ले प्रतिस्पर्धा गर्ने भएका छन् । १० किलोमिटरमा पुरुषतर्फ तीन हजार ८१ जना र पाँच किलोमिटरमा महिलातर्पm एक हजार एक सय ६६ जनाको सहभागिता पक्का भएको छ । पुरुष पाँच किलोमिटर दौड (१२ कक्षामा अध्ययनरत) मा सात सय ९२ जना र तीन किलोमिटर महिला (१२ कक्षामा अध्ययनरत) चार सय ७२ जनाको चुनौति रहनेछ ।

ह्विलचियरमा पुरुषमा ४० र महिला २० जनाले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार दुई सय ६८ जना किन्डरगार्टेन विद्यार्थीको पनि सहभागिता हुने भएको छ । गत दुई वर्षदेखि आयोजना भएको राइट टु प्रोटिन रनमा महिला हाफ म्याराथनमा पूmलमति राना र पुरुषमा दीपक अधिकारी पहिलो भएका थिए । यस पटक हाफ म्याराथनको विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने पाँचौं स्थानसम्म प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । यो आयोजना लागि करिव पाँच जना स्वयमसेवक परिचालन गरिएको छ ।जनता समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button