मूल खबरहेड लाइन

ललितपुरमा ग्याङ फाइट, दुई जनाको मृत्यु

काठमाडौं ।

ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ।

गए राति नौ बजेको समयमा दुई समूहबीच ग्याङ फाइट हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए।

मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका छन्। शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ।

“राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो। तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको कारण खुल्न सकेको छैन”, उनले भने।

उनीहरुबीच होली खेल्ने क्रममा विवाद भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button