खबर

नाबालिका बलात्कार गर्ने पक्राउ

गुणबहादुर रोका

सुलीकोट। नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १० बिरेनचोकका २२ वर्षीय मदन थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही चैत १० गते शनिवार बेलुका ११ बजेको समयमा नाबालिकालाई रातको समयमा एकान्त स्थानमा भेट्न बोलाई जबरजस्ती बलात्कार गरेको भन्दै परिवारले दिएको उजुरी पछि मगरलाई आइतबार पक्राउ गरी मुद्दा दर्ता गरिएको जनाएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button