
मेचीनगर ।झापा मेचीनगर ६ काकरभिट्टा निवासी सामाजिक अगुवा बुद्धिनाथ पौडेल(बुद्धनाथ सर)को निधन भएको छ । पौडेलको ७७ बर्षको उमेरमा आज बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
काकरभिट्टा माविका संस्थापक, काकरभिट्टा खानेपानी संस्थाको संस्थापक अध्यक्ष, तत्कालिन मेची बस व्यवशायी संघको पुर्व अध्यक्ष लगायत धेरै संघ संस्थामा सक्रिय पौडेल काकरभिट्टालाई आधुनिक काकरभिट्टा बनाउने मध्येका एक अगुवा व्यक्तित्व हुनुहुन्थ्यो । स्वर्गिय पौडेलको आज अपरान्ह २ बजे स्थानीय मेची नदिमा अन्त्येष्टी गरिने बताइएको छ ।



