खबर

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न

किरण पराजुली
धादिङ : महाभारत पर्वत श्रृंखला अन्तर्गत धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा झण्डातोलन कार्यक्रम सम्पन्न भएको छ ।मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे गाउपालिका र गल्छी गाउँपालिकाको सिमानामा रहेको यस क्षेत्रमा बागमती प्रदेशका प्रदेश सांसद मधु कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र पालिका उपाध्यक्ष यन्त्र बहादुर थापा जिन्दगीको बिशेष आथित्यमा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङ, थाक्रे वडा २ का वडा अध्यक्ष टिकाराम तामाङ, थाक्रे वडा ६ का अध्यक्ष हिरा बहादुर थापा, थाक्रे ११ का वडा अध्यक्ष शुदर्शन पाण्डे, स्थानीय नेता, व्यवसायी लगायतको आथित्यता रहेको थियो भने ठाडोखोला समाज सुधार समितिको अध्यक्ष अमर तामाङले सभापतित्वको आशन ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले पर्यटनको प्रचुर संभावना बोकेको झण्डाचुलीलाई थप बिकास गर्न आफूले पहल गर्ने बताए । त्यसै विशेष अतिथी थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले झण्डाचुली आउने सडकलाई व्यवस्थित गर्ने बताए। त्यसै विशेष अतिथी थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा जिन्दगीले झण्डाचुलीमा बर्षको एक दिन मात्र कार्यक्रमले मात्र पर्यटक बढाउन नसकिने भएकोले यस्ता कार्यक्रम बर्षको धेरै दिन गर्नुपर्ने कुरामा जोड दिए। थाक्रे गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङले झण्डाचुलीको बिकासमा आफू पालिका, प्रदेश देखि केन्द्रसम्म पहल गरिरहेको बताए। त्यस्तै अन्य अतिथिहरुले पनि झण्डाचुलीको बिकासको लागि पहल गर्ने बताए। पर्यटनको प्रचुर संभावना बोकेको थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थान झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहास सम्झँदै प्रत्येक नयाँ वर्षमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले झण्डातोलन कार्यक्रम हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button