कला

हलिउडप्रति प्रियंकाको दुखेसो

एजेन्सी ।

मिस इन्डियाको उपाधि जितेपछि बलिउडमा प्रवेश गरेकी अभिनेत्री प्रियंका चोपडाको नाम अहिले हलिउडमा पनि फैलिएको छ। आफ्नै सामर्थ्यले बलिउडमा स्थान बनाएकी प्रियंकाले हलिउडमा स्थान बनाउन पनि उत्तिकै संघर्ष गर्नुपरेको उनले खुलासा गरेकी छन्।

हालै एक अन्तर्वार्तामा प्रियंकाले हलिउडमा संघर्ष गरेको समय आफ्नो जीवनकालकै अन्धकार भएको बताएकी छन्। ‘मैले हलिउडमा जिरोदेखि नै सुरु गरेँ। त्यो समय मेरा लागि करिअरकै डार्क फेज थियो,’ उनले भनेकी छन्।

बलिउडमा मनग्य फ्यान फलोइङ रहेकी प्रियंकालाई हलिउडमा कसैले चिन्दैनथे। बलिउडकी टप नायिकाले हलिउडमा शून्यबाट करिअर उठाउनु सजिलो भने थिएन।

‘बलिउडमा त के न्युयोर्क शहरमा समेत चिनजानका मेरा कोही थिएनन्। त्यहाँका मानिस मसँग मिटिङ गर्नसमेत इन्कार गर्थे र मेरो कुरा सुन्न चाहँदैन थिए। आफ्नो कोही नभएका कारण मलाई न्युयोर्क शहर नै अँध्यारो लाग्थ्यो,’ अन्तर्वार्तामा प्रियंकाले खुलासा गरेकी छन्।

प्रियंकाले यस्तो अवस्थाबीच पनि सन् २०१७ मा बेवाचमार्फत हलिउडमा पाइला राखिन्। कठिनाइका बाबजुद हार नखाने र महत्वाकांक्षी स्वभावका कारण आफू हलिउडमा टिक्न सकेको प्रियंकाको भनाइ छ। सन् २०२३ मा लभ अगेनमा देखिएकी प्रियंकाको आगामी फिल्म हेड्स अफ स्टेट रहेको छ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button