खबर

खरबारीमा लागेको आगो निभाउने क्रममा आमा-छोराको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका१० बेतिनीस्थित बाहुनडाँडामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।

खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार अपरान्ह उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बसाहा हरिबोले सामुदायिक वनमा लागेको डढेलो निजी खरबारीमा प्रवेश गर्दा उक्त घटना घटेको हो ।रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button