
काठमाडौ । नवलपुर स्थित अक्सफोर्ड कलेजको बसमा गरिएको कारर्बाहीको जिम्मेवारी नेकपा (माओवादी)निकट अखिल क्रान्तिकारीले लिएको छ । शैक्षिक विकृत र विसंगति बिरुद्धको अभियानका क्रममा सो कलेजको बसमाथि चेतावनी स्वरुप कारर्बाही गरिएको सो संगठनले विज्ञप्ति मार्फत जनाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन(क्रान्तिकारी)जिल्ला समिति नवलपुरका संयोजक सन्दिपका नाममा जारी विज्ञप्तिका अनुसार अक्सफोर्ड कलेजले मापदण्ड पुरा नगरेको, चर्को शुल्क असुलेको र आफ्नो संगठनसँग गरेको सहमति कार्यान्वयन नगरेको आरोप समेत सो संगठनले लगाएको छ ।




