मूल खबर

नेकपा(माओवादी) १ नं व्युरोका निणर्य सार्वजनिक—भूमाफिया बिरुद्धको कारबार्हीदेखि जनसंर्घष सम्मको घोषणा (विज्ञप्ति सहित)

काठमाडौ ।नेकपा(माओवादी)ले १ नं ब्यूरोको दोस्रो विस्तारित बैठकका विभिन्न निणर्यहरु सार्वजनिक गरेको छ ।विज्ञप्तिमार्फत सार्वजनिक गरिएको बैठकका निणर्यहरुमा विभिन्न सामाजिक विकृति र विसंगतिका बिरुद्ध संघर्ष गर्ने जनाएको छ । सो पार्टीका १ नं ब्यूरो ईन्चार्ज अभिमन्यूद्धारा हस्ताक्षरित सो विज्ञप्तिमा सो पार्टीका नेता—कार्यकर्ताहरुको गिरफ्तारीप्रति विरोध जनाउँदै विभिन्न क्षेत्रका विसंगतिप्रति जनसंघर्ष गर्ने समेत उल्लेख गरिएको छ ।विज्ञप्तिमा भुमाफिया, वैदेशिक दलाल, मिटरब्याजीलाई कारबार्ही गर्नेदेखि पार्टी अनुशासनका बिरुद्ध जाने आफ्नै कार्यकर्तालाई समेत पार्टी कारबार्ही गरिएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button