खेलकुद

टी-२० विश्वकप : भारतसँग ५० रनले हार्‍यो बंगलादेश

काठमाडौं । भारतले टी-२० विश्वकपको सुपर आठमा लगातार दोस्रो जित हासिल गरेको छ। गए राति सम्पन्न सुपर आठको समूह एक अन्तर्गत भारतले बङ्गलादेशलाई ५० रन अन्तरले पराजित गरेको हो।

भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सक्यो। यस अघि भारतले टस हारेर पहिला ब्याटिङ गर्दै हार्दिक पाण्डेयको अर्धशतकीय पारीको सहयोगमा २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो।

यो जितपछि समूह एक मा भारतको २ खेलमा ४ अङ्क पुगेको छ र भारत सेमिफाइनल नजिक पुगेको छ। त्यस्तै बङ्गलादेश भने सुपर आठमा लगातार दोस्रो हारपछि सेमिफाइनलको सम्भावना कठिन भएको छ।

अब भारतले सुपर आठको अन्तिम खेलमा सोमबार राति अस्ट्रेलियाको सामना गर्ने छ भने बङ्गलादेशले मंगलबार बिहान अफगानिस्तानको सामना गर्ने छ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button