
मेचीनगर । मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशन सोमबार भएकोछ ।यो समाचार तयार पार्दा सम्म अधिवेशन शुरु भएको थियो । निर्धारित समय भन्दा एक घण्टा कार्यक्रम ढिलो भएको थियो । दुई बजेका लागि तय भएको कार्यक्रम तीन बजेबाट शुरु भएको थियो । अधिवेशनको आरम्भमा नगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले नगर सभाको नियमानुसार यस पटकदेखि नगरसभाको अधिवेशन संचालन भएको जानकारी गराउँदै सभाका नियमका बारेमा जानकारी समेत गराएका थिए । सभाका अध्यक्ष नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले यो नगरसभाबाट नियमानुसार सभाको संचालन गरिएकाले पहिला जस्तो राजनीतिक दलका प्रतिनिधिहरुलाई निमन्त्रणा नगरिएको तर बजेट अगावै परामर्श गरिएको बताएका थिए ।



