खबरहेड लाइन

एकीकृत समाजवादीमा नेतृत्वको रस्साकस्सी

नकुल अर्याल

काठमाडौं । तत्कालीन नेकपा एमाले भित्रको अन्तरसंघर्ष उत्कर्षमा पुग्दासम्म साथै रहनुभएका घनश्याम भुसाल एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी गठन हुँदा माधवकुमार नेपालको साथमा हुनुहुन्थेन । २०७८ भदौ २ गते नेपालको नेतृत्वमा एमाले विभाजन हुँदा साथ दिन इन्कार गर्नुभएका भुसाल यतिबेला एकीकृत समाजवादीकै नेतृत्व लिन नेपालसँग प्रतिस्पर्धाको तयारी गरिरहनु भएको छ ।
नेकपा एकीकृत समाजवादीको महाधिवेशन असार १६ गतेदेखि काठमाडौंमा हुँदै छ । महाधिवेशनबाट नेतृत्वमा पुनः दोहोरिन चाहनुभएका अध्यक्ष नेपाललाई महासचिव भुसालले दह्रो चुनौती दिनुहुने आँकलन गरिएको छ । सो पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत अध्यक्षमा भुसाललाई समर्थन दिनुभएको छ । अध्यक्षकै दाबेदारका रूपमा रहनुभएका नेता खनालको समर्थनपछि नेतृत्व चयन निर्वाचनबाटै हुने सम्भावना बढेको छ । यद्यपि, नेकपा एसका नेताहरू सहमतिको प्रयास जारी रहेको बताउँछन् । ‘अहिले दुवै जनाले उम्मेदवार बन्छु भन्नुभएको छ । पार्टीका अन्य नेताहरूले समन्वय गरिरहनु भएको छ । अहिलेको अवस्थामा सहमतिमै नेतृत्व चयन गरेर जान उपयुक्त हुन्छ भन्ने लागेर प्रयास जारी राखेका छौँ’, सो पार्टीका एक पदाधिकारीले हिमालय टाइम्ससँग भन्नुभयो । नेकपा एसको महाधिवेशनमा एक हजार ८७० जना महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।हिमालय टाइम्स दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button