
मेचीनगर । मेचीनगरका राजनीतिकदलका कारण भानु साहित्यिक प्रतिष्ठानको निर्वाचन रोकिएको आरोप प्रतिष्ठानका महासचिव सुशिल आचार्यले लगाएकाछन् ।
काँकरभिट्टा स्थित भानु साहित्यिक प्रतिष्ठानको नयाँ समितिका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा स्थानीय राजनीतिकदलको निहित स्वार्थका कारण प्रतिष्ठानको निर्वाचन स्थतिग भएको आचार्यको आरोप छ ।
स्थापनकालदेखि आजका मिति सम्म गरिमामय छवि भएको प्रतिष्ठानमा दलहरुको हस्तक्षेप आफैमा अशोभनीय हुदाहुँदै निर्वाचन तालिका समेत सार्वजनिक भईसकेको अवस्थामा एकाएक दलीय हस्तक्षेप हुनुलाई अब मेचीनगरका सामाजिक संघ संस्थाको दर्ता राज्यका निकायमा गर्ने कि राजनीतिकदलको पार्टी कार्यालयमा आफु अन्यौल भएको प्रतिष्ठानका महासचिव आचार्यले बताए । चौतारी पोष्ट अनलाइनको एक जिज्ञासामा उनले भने —‘ एउटा स्वतन्त्र साहित्यिक संस्थामा भएको राजनीतिले राजनीतिकदल आफैमा कति लोकतान्त्रिक विधिमा हिड्काछन् भन्ने प्रश्न पनि हो, यति मात्रै होइन नेपाल सरकारका आवाश्यक निकायमा दर्ता भएका संस्थाले विधिपूवर्क आफ्ना गतिविधि गर्न पाउने कानुनी अधिकार माथि घुमाउरो शैलीमा राजनीतिक हस्तक्षेप हुनु आफैमा दुःखद र खेदजनक पनि छ’। आचार्यले अब आफु संस्थाको जिम्मेवारीमा रहने कि नरहने भन्ने प्रश्न समेत उठेको बताउँदै भने—सबै संघ संस्था राजनीतिकदलकै निणर्यमा चल्ने हो भने कार्य समितिमा रहनुको औचित्य अब रहन्छ जस्तो लाग्दैन ।



