खबरहेड लाइन

आयकर ऐनका बिरुद्ध खानेपानी महासंघले आन्दोलन गर्ने

मेचीनगर । जलस्रोत ऐन २०४९ बमोजिम दर्ता भएका खानेपानी संस्था माथि आयकर लिने सरकारको निणर्यका बिरुद्ध खानेपानी महासंघले आन्दोलन गर्ने भएको छ ।खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था महासंघ झापाको आयोजना र आन्तरिक राजस्व कार्यालय झापाको ब्यवस्थापनमा आयोजित अन्तर्रकृया कार्यक्रममा आयकरका विषय महासंघ झापाले विमति जनाएको हो ।


खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ झापाले नेपाल सरकारले आयकर ऐन २०८१ मा जलस्रोत ऐन २०४९ अनुसार दर्ता भएका खानेपानी संस्थाहरुसँग आयकर लिने भनेपछि महासंघ झापाले देशब्यापी आन्दोलनका लागि केन्दिय समितसँग समन्वय गरि आन्दोलन गर्ने बताएको छ । महासंघ झापाले देशभरिका खानेपानी संस्थाहरुलाई समन्वय गरेर राष्ट्रिय स्तरको आन्दोलनका लागि जिल्ला महासंघ मार्फत केन्द्र महासंघलाई अनुरोध गर्ने निणर्य गरेको हो ।


सो छलफलमा समस्याका समाधानका लागि स्थानीय पालिकालाई समेत सामुदायिक खानेपानी ऐन बनाएर पहल गर्न जिल्ला महासंघको तर्फबाट अनुरोध गर्ने निणर्य गरेको छ ।झापा जिल्लाका विभिन्न खानेपानी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा जलस्रोत ऐन २०४९ बमोजिम दर्ता भएका सामुदायिक खानेपानी संस्थाहरुलाई आयकर ऐन लगाउन नहुने तर्क सहभागिहरुले राखेका थिए ।झापा जिल्ला खानेपानी महासंघका अध्यक्ष उषा भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button