
भद्रपुर — जेष्ठ नागरिक सङ्घ वडा नं ८वड़ा अधिबेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ । दीप प्रज्वलित गर्दै वड़ाध्यक्ष गौरव सुब्बाले जेष्ठ नागरिकहरुको स्वास्थ्य,जीवन बृति र समाज तथा परिवार सँग घुलमिल भई बॉच्न पाउने अधिकार प्रति जिम्मेबार निकाय जागरूक हुन आग्रह गरे ।
जेष्ठ नागरिक संघ भद्रपुर नपा वड़ा नं ८समितिका अध्यक्ष आइन्द्र आङदम्बेको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला सचिव धन प्रसाद शिवाकोटी,नगर अध्यक्ष हेम प्रसाद खनाल,लगायतले मन्तब्य व्यक्त गरेका थिए । अधिबेशनले निर्मल प्याकुरेलको अध्यक्षतामा ९सदस्यीय जेष्ठ नागरिक संघ भद्रपुर ८ वड़ा समिति पूनर्गठन गरेको छ ।पुनर्गठित समितिमा उपाध्यक्षमा फूलमाया राई ( कुन्ती ), सचिवमा देवेन्द्रकिशोर ढुङगाना,सह सचिवमा चन्द्र सुबेदी,कोषाध्यक्षमा कोपिला कुमारी कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
वड़ा सदस्य भगवती बस्नेतले शुभकामना मन्तब्य ऱ नव निर्वाचित अध्यक्ष निर्मल प्याकुरेलले प्रतिबद्धता ब्यक्त गरेका थिए ।कार्यक्रम संचालन नगर सचिव ईश्वर पोखरेल ले गरेका थिए ।



