मूल खबरहेड लाइन

मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर बस पल्टिँदा ११ जना घाइते

न्युज अफ नेपाल

काठमाडौं ।

मुग्लिन नारायणगढ सडकखण्डमा गुडिरहेकाे बसमाथि ढुंगा खस्दा अनियन्त्रित भई बस पल्टिँदा ११ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो पौने २ बजे रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको हाे ।

उक्त गुडिरहेकाे बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जानकारी दिएकाे छ।

बसमा सवार अन्दाजी १०/११ जना यात्रु घाइते छन्। घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बसमा क्षति पुगेको छ, बस घटनास्थलमै राखिएको हुँदा सडक अवरूद्ध भएको छ। घटनाबारे थप बुझ्ने काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button