
झापाको बुद्धशान्ति ३ बस्ने गीता पाण्डे(साप्कोटा)ले पत्रकार सम्मेलन मार्फत आफु अन्यायमा परेको बताइन् ।विहिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दे आफु पति भुमीनाथ साप्कोटाबाट पिडित बनेको समेत बताइन् । उनले आफुलाई पतिले विश्वासघात गरेको बताइन् । आफु माथि आफ्ना पतिले अन्याय गरेको आरोप लगाउँदै न्यायका लागि आफुले पत्रकार सम्मेलन मार्फत आफु माथि भएको अन्यायको सार्वजनिक गरेको बताइन् ।



