
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालबाट सूर्यदर्शन सहकारीसँग जोडिएको उनको आर्थीक कारोबारको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।तर, लामिछाने जस्तै अन्य सहकारीका विषयमा नाम आएका अन्य राजनीतिक दलका नेतालाई सोधपुछ वा अनुसन्धान गर्नु पर्छ कि पर्दैन अहिले सबैतिर यो विषय उठेको छ ।



