खबरहेड लाइन

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेल र नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ।

राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाँको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ।

उहाँले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button