मूल खबरहेड लाइन

म जहाँ गएँ त्यहीँ जिन्दावादको नारा लागेको छ, जनताको यो भरोसालाई तोड्न दिने छैन : प्रचण्ड

०८४ को चुनावमा ६४ को हैसियत फर्काउने दाबी

यमलाल भुसाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी २०८४ को चुनावमा २०६४ साल फर्काउने गरी जनमत बढाउँदै गएको दाबी गरेका छन्। सरकार छाड्ने बेला केही मिडियाले माओवादी अब सिद्धिने भयो भनेर नियोजित दुष्प्रचार गरेको उल्लेख गर्दै उनले २०८४ को चुनावमा २०६४ साल फर्काउने गरी जनमत बढिरहेको बताए।

यसैको प्रभाव स्थानीय तह निर्वाचनको नतिजामा पनि देखिएको भन्दै उनले भने, ‘भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले कोसिद्धिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ । को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घृणा देखिएको भन्ने संकेत देखिएको छ ।’ रुपन्देहीको तिलोत्तमामा शनिवार आयोजित नेकपा माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘पछिल्लो समय म जहाँ गएँ, त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन,’ ।

जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको पनि उनले दाबी गरे । अध्यक्ष प्रचण्डल भने, ‘जनतालाई माया गर्ने पार्टी माओवादीले हो, परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ ।’माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएको उनको भनाइ छ ।

आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनको कथन छ ।

‘भ्रष्टाचारी विरुद्धको कारबाही अगाडि बढाउदा म प्रचण्ड नै अगाडि देखिएँ त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो,’ उनले भने, ‘मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मिहिनेत गरियो । त्यसैगरी विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो । अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो ।’न्युज अफ नेपालबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button