
गण्डकीका धुनहरु’ गएको पौष २७ गते सुन्दर नगरी पोखरामा गण्डकीका धुनहरु प्रस्तुत गरिएको थियो ।गण्डकी प्रदेशमा भएका मौलिक धुनहरुलाई प्रस्तुत गरिएको सो कार्यक्रममा वरिष्ठ कलाकार अशोक राईलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्थानीयको ब्यापक सहभागिता समेत रहेको थियो ।सो कार्यक्रमको आयोजना गण्डकी प्रदेश सरकारले गरेको थियो।



