खबरहेड लाइन

आफ्नै नगरपालिकाको नगरसभाको जानकारी जनप्रतिनिधिलाई हुदैन

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको नगरसभाका विषयमा नगरकै जनप्रतिनिधिलाई जानकारी भएन । सोमवार मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशनका बारेमा वडा नं ८का वडा सदस्य विष्णु भट्टराईलाई थाहै थिएन । वडा सदस्य भट्टराईका अनुसार सोमवारको नगरसभाका विषयमा सोमवार आफु वडा कार्यालयमा आएपछि वडाका कर्मचारीले भनेपछि मात्रै नगरसभा रहेछ भन्ने थाहा भएको उनले बताए । भट्टराई भन्छन्— आफ्नै नगरपालिकाको नगरसभाको बारेमा जनप्रतिनिधिलाई जानकारी सम्म नहुनु भनेको केहो ?कसरी चल्दैछ मेचीनगर नगरपालिका ?उनको प्रश्न छ । नगरपालिकामा नगरसभा हुदैछ भनेर सामाजिक सञ्जालमार्फत पनि त सुचना गर्न सकिन्छ नि उनले गुनासो गर्दै भने —जनप्रतिनिधिले पनि नगरसभाको सुचना नपाउनु भनेको केहो ? आफुले वडा कार्यालयमा आएपछि वडाका कर्मचारी नगरसभा भएको बताएपछि आफु त्यहाँ गएर आफुलाई लागेको विचार राखेर फर्केको बताए ।
तपाईँले त्यहाँ पुगेर के भन्नु भयो ? भन्ने् हाम्रो् जिज्ञासामा उनले भने—मैले के भन्नु र नगरसभाका बारेमा जनप्रतिनिधिहरुले कुनै न कुनै माध्यामबाट जानकारी पाउनु पर्छ कि पर्दैन भने । नगरसभाका बारेमा समेत वडाका जनप्रतिनिधिले समेत पत्तो नपाउने मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशनका बारेमा अहिले स्वयम् जनप्रनिधिहरुले नै असन्तुष्टि पोख्नुलाई कतै नगरसभा मनोमानी हिसावले चल्दैत छैन भनेर आम नागरिकले समेत प्रश्न उठाउन थालेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button