मूल खबर

राजावादीहरुको निशानामा कान्तिपुर टिभी र अन्नपूर्ण पोष्टको मुख्यालय, गरे ढुंगामुडा

न्युज अफ नेपाल
काठमाडौँ।

राजावादीहरुको प्रदर्शनले उग्र रुप लिएको छ । प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा पनि ढुंगा प्रहार गरेका छन्। प्रहरीले तीनकुनेबाट तितरवितर पारेपछि उनीहरू अन्नपूर्ण कार्यालय अगाडि आएर ढुंगामुडा गरेका हुन्।

यस्तै प्रदर्शनकारीले कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि ढुंगा प्रहार गरेका थिए। प्रदर्शनकारीको ढुंगा लागेर कार्यालयको सिसा फुटेको कान्तिपुर टिभीले जानेको छ।

प्रदर्शनकारीले अहिले पनि प्रहरीतर्फ ढुंगा हानिरहेका छन्।

यस अघि प्रदर्शनकारीले एक व्यक्तिको घरमा आगजनी गरेका थिए। प्रदर्शनकारीहरुले व्यक्तिको घर नै जलाएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि तितरवितर भएको भीडले अन्नपूर्ण पोष्टको मुख्यालयमा ढुंगामुडा प्रहार गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button