खेलकुद

रेसलिङ्ग स्टार होगनको ७१ वर्षको उमेरमा निधन

अमेरिकाका चर्चित रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । पहेँलो लामो कपाल र उनको प्रसिद्ध जुँगाका लागि परिचित हल्क होगनको बिहीबार फ्लोरिडास्थित आफ्नै घरमा निधन भएको हो ।

होगनले सन् १९७७ मा व्यावसायिक रेसलिङ्ग करिअर सुरु गरेका थिए, तर सन् १९८३ मा विश्व रेसलिङ्ग फेडेरेसन (WWF) (जुन पछि गएर वर्ल्ड रेसलिङ्ग इन्टरटेन्मेन्ट (WWE) बन्यो) सँग सम्झौता गरेपछि उनी एकाएक चर्चामा आएका थिए ।

हालैका दिनहरूमा होगन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै “मैले आज एउटा असल साथी गुमाएँ ।” सम्झनुभएको छ ।

WWE स्टार होगनले गत मे महिनामा घाँटीको शल्यक्रिया र जुन महिनामा मुटुको शल्यक्रिया गराएका थिए । उनले चार दशकभन्दा बढी समयसम्म विश्वभरका करोडौँ प्रशंसकको जीवनमा स्मरणीय प्रभाव छोडेका छन् ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button