खेलकुद

तुर्केनी खेल मैदानमा फुटवल टुर्नामेन्ट शुरु(फोटो फिचर)

काँकरभिट्टा । प्रथम भीम स्मृति नक आउट फुटवल टुर्नामेन्ट आज (आईतबार)देखि शुरु भएको छ ।मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा एक कार्यक्रमकाबीच टुर्नामेन्ट शुरु भएको हो । प्रथम भीम स्मृती नक आउट फुटवल टुर्नामेन्ट तथा ईण्डो नेपाल भेट्रान फुटवल टुर्नामेन्ट एक मैदानमा एकै साथ शुरु भएको हो ।

 

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि,स्थानीय प्रहरी प्रशासन प्रमुख,खेलकुद संघ संस्थाका प्रतिनिधि,सामाजिक अगुवा लगायतको उपस्थिति रहेको थियो ।मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी प्रमुख अतिथि रहेको कार्यक्रमका विशिष्ट अतिथिमा वडा नं ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ्ग रहेका थिए ।प्रतियोगिता माघ १८ देखि २५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button