
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा दिएको अभिव्यक्तिले नेपालको राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको छ।
‘भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकियो’ भन्ने वाग्लेको अभिव्यक्तिप्रति राप्रपा नेता कमल थापा, एमाले नेता गोकुल बाँस्कोटा र एमाले सचिव डा. राजन भट्टराईले कडा आपत्ति जनाएका छन्।



