
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी ४२ महिनापछि डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाएका रायमाझीको रिहाइ, पक्राउदेखि जेलमुक्त हुँदासम्मको घटनाक्रम र अबको राजनीतिक भूमिकाबारे यस भिडियोमा चर्चा गरेका छौँ।



