खबरमूल खबर

डा. खरेल सामाजिक सेवा सम्मानद्वारा सम्मानित

३० कार्तिक २०७६, काठमाण्डौँ । मिडिया एड्भोकेसी फोरम नेपालले यस वर्षको सामाजिक सेवा सम्मान २०१९ द्वारा वि.नि.प्र.प. सेवकाई नेपालका संस्थापक अध्यक्ष तथा स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पाष्टर डा. चेत बहादुर खरेललाई प्रदान गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य माननीय मोहना अन्सारीले डा. खरेललाई शुक्रवार सम्मान गरिएको हो । हरेक वर्ष दलित, पछाडी परेको बर्ग र अल्पसंख्यक र सिमान्तकृत समुदायका लागि सामाजिक क्षेत्रबाट विशेषगरी अल्पसंख्यक धार्मिक समुदायबाट समाजसेवामा योगदान गरेका समाजसेवीलाई यो उत्कृष्ट सम्मानवाट सम्मानित गर्दै आएका छ ।

गोरखा पालुङटार–९, ठाँटीपोखरीका डा. खरेल आमाको गर्भबाट जन्मिएको ९ वर्षसम्म ओछयानमै दिन अनि रात विताए । ९ वर्षदेखि चार खुट्टे जनावर जसरी चार हात, खुट्टाले टेक्दै घिस्रिदैँ हिँडने गरेका उनको असम्भवका विचमा सम्भव बनेको अहिलेको नयाँ जीवनले ईश्वरबाट पाएको वरदानलाई प्रयोग गरी देश विदेशमा समेत गई निरन्तर चंगाईको सेवा गर्दै आएका उनले नेपालको दुर्गम जिल्लामा रहेका बालबालिकाहरू तथा विशेष गरी द्धन्द्ध पीडित, भुकम्प पीडित, अनाथ तथा असहाय र विपन्न परिवारका बालबालिकाहरूलाई निशुल्क छात्रवृति र पठन पाठनको व्यवस्था गर्नुभई आफनो सम्पूर्ण जीवन दीनदुःखीहरूका लागि सर्मपण गर्नुभई सामाजिक सेवामा आफनो शारीरिक चुनौतिका बाबजुद् निरन्तर उत्पीडन र उपेक्षित समुदायको सेवामा अमूल्य योगदान पु-याउनुभएको भन्दै फोरमले उक्त सम्मान गरेको हो ।

सामाजिक तथा आत्मिक विकास कार्यमा अहोरात्र लागि सबैका लागि प्रेरणाको स्रोत बन्नुभएका डा. खरेललाई मिति २०७६ असोज ५ गते जिसस कलेजमा आयोजित कार्यक्रममा विभिन्न १२ राष्ट्रका संयुक्त विशपहरूको सभाले “डाक्टर अफ मिनिष्ट्रि इन हिलिङ्ग पाष्टरल मिनिष्ट्रि” बाट मानार्थ विद्यावारिधीको उपाधी दिई उहाँको कामको उच्च मुल्याङ्कन र कदर समेत गरेको थियो भने दक्षिण जिल्लाको जोरथाङ खेलमैदानमा आयोजित दुई दिवसीय सिक्किम मेगा हिलिङ क्रुसेड २०१९ को भव्य कार्यक्रमका बीच सिक्किम राज्य सरकार र सम्पूर्ण सिक्किम मण्डलीको व्यापक उपस्थितीमा सिक्किम राज्यका कृषि तथा वागवानी विभागका मन्त्री लोकनाथ शर्माले अभिनन्दन गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button