खबर

टिपर दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार

राजन रावत

सिमकोट मंङ्सिर १२ गते । टिपर दुर्घटनामा परि घाइते भएका सबैको नेपाली सेनाको एमआई सेभेटिन हेलिकोप्टरबाट उद्धार गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुको प्राथमिक उपचार जिल्ला अस्पतालमा गरिए पनि थप उपचार गर्नु पर्ने भएपछि जिल्ला अस्पतालले नेपालगंज रिफर गर्दा हेलिकोप्टरबाट नेपालगंज उद्धार गरिएको छ ।

दुर्घटनामा पनि ११ जना घाइते भएका थिए । हेलिकोप्टरमा नेपालगंज उद्धार गरिएकाहरु घाइतेहरुमा सिमकोट गाउँ वडा नम्बर ६ का खगेन्द्र रावत, सन्तोष सुनार, कमल रोकाया, अकिल रोकाया, राम कुमार सुनार, नरबिर सुनार, अंग फडेरा, घनसिह भण्डारी र नाम्खा १ का खिउदार तामाङ र नाम्ग्याल तामाङ र नटुक लामा रहनु भएको छ । घाइते मध्ये सन्तोष सुनार, नुटुप लामा, अंग फडेरा, खगेन्द्र रावत र नाम्ग्याल तामाङको अवस्था गम्भिर रहेको जिल्ला अस्पतालका डाक्टर अमित बिष्टले बताउनुभयो ।

उहाँहरु सबैलाई स्टेचरमा राखेर हेलिमा राखिएको छ । घाइते सबैको नेपालगंजको भेरी अस्पतालमा उपचार हुनेछ । सिमकोट गाउँपालिकाको लाग्ना खोलामा लु ४ ख नम्बरको टिपर दुर्घटना भएको हो । नेपाल खाद्य सस्थानको ढुवानी अनुदानको खाद्यान्न ढुवानी गरि रहेको टिपर दर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । केरुङ तिब्बती मार्ग हुँदै हिल्साबाट सल्लीसम्म गाडीमा ढुवानी भएको खाद्यान्न सल्लीबाट सिमकोट ढुवानी गर्ने क्रममा सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को लाग्ना खोलामा टिपर दुर्घटना हुँदा यति धेरै क्षेती भएको हो । गाडी दुर्घटनामा पनि नाम्खा गाउँपालिका वडा नम्वर १ हेक्पाकी महिला नरि लामा र पुरुष रिछिङकर्मा लामा र खार्पुनाथ गाउँपालिका वडा नम्बर १ का बबरजंग शाहीको घटना स्थलमा मृत्यु भएको थियो ।

नेकपा हुम्लाद्धारा एक लाख घाइतेलाई सहयोग
टिपर दुर्घटनामा परि घाईते हुनु भएका सबै जनाका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एक लाख रुपियाँ उपचारका लागि सहयोग गरेको छ । भने कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल बहादुर रावलले दश हजार रुपियाँउपचारका लागि सहयोग गर्नु भएको छ । सो रकम नेकपाका कर्णाली प्रदेशका अध्यक्ष गोरख बहादुर बोगटीले जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतलाई प्रदान गर्नु भएको थियो भने र प्रमुख रावतले ११ जनाका आफन्तलाई जनही दश हजार प्रदान गर्नु भएको थियो ।

उपचारमा सहयोग कर्णाली प्रदेश सरकारले गर्ने
टिपर दुर्घटनामा परि घाईतेहरुको हेलिकोप्टरबाट नेपालगंज उद्धार गरिएको र सबै बिरामीको उपचारका लागि लाग्ने खर्च कर्णाली प्रदेश सरकारले गर्ने सामाजिक विकास मन्त्री दलबहादुर रावलले बताउनुभयो । घाइतेको उपचार राम्रोसंग होस र उपचार खर्च सबै प्रदेश सरकारले गर्ने उहाँले बताउनुभयो ।गोरखापत्र अनलाइन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button