कला

‘तानाजी’ को कमाई ‘छपाक’ भन्दा तीन गुना बढी

एजेन्सी, मुम्बई,
शुक्रवारबाट दुई फिल्म अजय देवगनको ‘तानाजी’ र दीपिका पादुकोणको ‘छपाक’ रिलिज भएको छ । दुवै फिल्मलाई लिएर दर्शकमा निकै धेरै उत्सुकता थियो र फिल्मको कलेक्सनबाट पनि यो देखिन्छ । पहिलो दुई दिनमा दुवै फिल्मले राम्रो ओपनिङ हासिल गरेको छ । तर, स्क्रिन संख्याका कारण अजय देवगनको फिल्मले ‘छपाक’ भन्दा तीन गुना बढी कमाई गरेको छ ।

दीपिकाको फिल्म ‘छपाक’ ले पहिलो दिन बक्सअफिसमा ४ करोड ७७ लाखको कमाईसँगै ओपनिङ गरेको थियो । त्यस्तै, दोस्रो दिन अर्थात् शनिवार फिल्मले आफ्नो कमाई झन्डै ३ करोड बढायो । दोस्रो फिल्मले ६ करोड ९० लाख छापेको छ । कम बजेको यो फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको छ । मेघना गुलजार निर्देशित फिल्म लामो रेसको घोडा बन्ने अनुमान गरिएको छ ।

त्यस्तै, अजय देवगनको ‘तानाजी’ ले १५ करोड १० लाखको कमाईसँगै ओपनिङ गरेको थियो । दोस्रो दिन फिल्मले कमाईमा ठूलो उछाल कायम गर्‍यो । फिल्मले शनिवार २० करोड ५७ लाखको कमाएको छ । योसँगै फिल्मको दुई दिने कमाई ३५ करोड ६७ लाख भएको छ । फिल्मले वीकेन्डमा अझ राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ । फिल्ममा सैफ अली खान पनि छन् ।

‘तानाजी’ लाई भारतमा ३ हजार ८ सय ८० स्क्रिन मिलेको छ । यसमा टूडी र थ्रीडि दुवै छ । साथै, भारथमा यो फिल्म हिन्दी र मराठी दुई भाषामा प्रदर्शनमा आएको छ । त्यस्तै, ओभरसीजमा यो फिल्म ६ सय ६० स्क्रिनमा रिलिज भएको छ । फिल्मले संसारभर ४ हजार ५ सय ४० स्क्रिन पाएको छ । ट्यालेन्टेड अभिनेतामध्ये एक अजय देवगनको ‘तानाजी’ १००औं फिल्म हो ।

दीपिका पादुकोणको ‘छपाक’ ले भारतमा १७ सय स्क्रिन पाएको छ । त्यस्तै, ओभरसीजमा यो फिल्म ४ सय ६० स्क्रिनमा प्रदर्शन भएको छ । यो फिल्म एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित भएर निर्माण भएको हो । यसमा दीपिका मालती नामकी एक साधारण युवतीको भूमिकामा देखिएकी छन्, जोमाथि केही युवकले एसिड अट्याक गर्छन् ।flmykhabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button