खबर

रुपन्देहीमा दलित मोर्चाको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा जानुका

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल रुपन्देहीको चौथो जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज जितबहादुर रसाइलीले दलितहरु समाजमा रहेको विभेद र उत्पीडनको बिरुद्ध सबै एकजुट हुनुपर्ने बताए । उनले समग्र वर्गीय आन्दोलनले जातीय विभेदको अन्त्य गर्ने र त्यसको लागि सबै संगठित हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका रुपन्देही जिल्ला इन्चार्ज संगमले एकीकृत जनक्रान्ति सफलताको बाटोमा लागेको भन्दै सबै जनताहरु एकजुट हुन आग्रह गरे । उनले मुख्य वर्गीय आन्दोलन रहेको र समग्र आन्दोलन सफल पार्न दलितहरु एकजुट हुनुपर्ने जोड दिंदै जातको आधार, पेशाको आधारमा समाजमा सामन्ती सोचबाट हुने बिभेदको अन्त्य वैज्ञानिक समाजवादमा मात्रै सम्भव रहेको बताए ।

जिल्ला सम्मेलनले जानुका बराहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी समेत चयन गरेको छ, निर्वाचित कार्यसमितिलाई सपथ खुवाउदै जातीय विभेदको अन्त्य र वर्गीय असमानता बिरुद्धको आन्दोलनमा संगठन सधै अग्रभागमा रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

२०७६, १२ फाल्गुन सोमबार ०७:५७ ई-रातो खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button