खेलकुद

नेपोलीको मैदानमा बार्सिलोना हारबाट जोगियो

एजेन्सी – दोस्रो हाफमा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा नेपोलीको मैदानमा १-१ को बराबरीमा रोकिएको छ ।

नेपोलीले खेलको ३० औं मिनेटमा ड्रिज मर्टेन्सको गोलमा अग्रता लिएको थियो । मर्टेन्सले १८ यार्ड टाढाबाट प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले बचाउने कुनै मौका पाएनन् । बार्सिलोनाले खेलको ५७ औं मिनेटमा स्कोर बराबरीमा ल्यायो । नेल्सन सेमेडोको लो क्रसमा ग्रिजमनले पहिलो टचमा नै गोल गरेका थिए ।

खेलको ८९ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित भयो । मिडफिल्डर आर्टुरो भिडालले एकै मिनेटमा दुई पहेंलो कार्ड पाएका थिए । फाबियन रुइजलाई फल गर्नेबितिक्कै भिडालले रुइजको मुहारमा टाउकोले धकेलेपछि रेफ्रीले भिडाललाई २ पहेंलो कार्ड दिएका थिए ।

खेलको दोस्रो लेग १४ मार्चमा हुनेछ । उक्त खेलका लागि मिडफिल्डर सर्जियो बुस्केट्स उपलब्ध हुने छैनन् । उनले प्रतियोगिताको तेस्रो पहेंलो कार्ड पाएका कारण एक खेल गुमाउने भएका हुन् । खेलको अन्तिमतिर डिफेन्डर जेरार्ड पिके पनि घाइते भएपछि बार्सिलोना थप समस्यामा परेको छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button