खबर

अखिल नेपाल लेखक सङ्घद्वारा कवि विद्रोहीलाई रिहा गर्न माग

काठमाडौँ : अखिल नेपाल लेखक सङ्घले आफ्ना केन्द्रीय सदस्य कवि बीपी विद्रोहीलाई सरकारले गत बिहीबार राजधानीबाट बिनापुर्जी र बिनाकारण कायरतापूर्ण गिरफ्तार गरेको प्रति आपत्ति जनाएको छ ।

सङ्घका महासचिव खोमा तरामु मगरद्वारा जारी विज्ञप्तिमा श्रमजीवी जनताका पक्षमा कलम चलाउँदै आएका कलमजीवी कवि विद्रोहीलाई गरिएको गिरफ्तारी निन्दनीय, खेदपूर्ण र आपत्तिजनक रहेको बताइएको छ । विज्ञप्तिमा कवि विद्रोहीलाई यथाशीघ्र रिहा गर्न माग गरिएको छ ।

विज्ञप्तिमा समाजवादी यथार्थवादका पक्षधर लेखक तथा संस्कृतिकर्मीहरूलाई निर्बाध सिर्जना क्षेत्रमा क्रियाशील हुने वातावरण सिर्जना गर्न अपिलसमेत गरिएको छ ।२०७६, १४ फाल्गुन बुधबार  ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button