मूल खबर

‘ओलीसहित सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गरौं’

काठमाडौं ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको छ।
बुधबार प्रतिनिधिसभामा बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको हो।

उहाँले प्रश्न गर्दै भन्नुभयो– ‘गाउँमा सानो झुप्रो भएकाहरूले कसरी काठमाडौंमा महल बनाए ? मलगायत हामी सबै हिजो त साथीहरूले दिएको लुगा लगाएर, चप्पल लगाएर हिँडेका थियौं। आज हामी कसरी सुटेडबुटेड भएका छौं ? कसरी चिल्ला कार चढेर हिँडिरहेका छौं ? कसरी हाम्रा महल छन् ?’

प्रधानमन्त्रीको तेह्रथुमको बुकुरोभन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको बताउँदै डा. भट्टराईले त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरू अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं भन्ने प्रश्न गर्नुभयो। ‘मैले जति लाख प्रयत्न गर्दा पनि हाम्रो कमाइले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाइले काठमाडौंमा महल बनाउन पुग्दैन, यसको छानबिन गरौं। त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु।’ –उहाँले भन्नुभयो।

डा. भट्टराईले संविधान संशोधन गर्नैपर्ने आवश्यकता रहेको बताउँदै संशोधित संविधानमा प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश सबैमाथि छानबिन गर्न सक्ने शक्तिशाली लोकपाल रहने प्रावधान राख्न माग गर्नुभयो।

उहाँले मातातीर्थको जग्गा मोहीलाई दिएको विषयलाई प्रधानमन्त्रीले संसद्मा आफ्नो नामै लिएर गलतरूपमा प्रचार गरेको भन्दै थप्नुभयो– ‘सबै तरिका मिलाएर मोहीलाई जग्गा दिलाउनै हुन्न, बरु यति होल्डिङलाई जग्गा दिन पुगेन भन्ने हो भने सैद्धान्तिकरूपमा नै बहस गर्नुपर्ने भयो।’

डा. भट्टराईले सबैलाई सिध्याएर आफ्नो दुनो सोझ्याउने लोकमान कार्की प्रवृत्ति नदेखाउन प्रधानमन्त्रीलाई चेतावनी दिँदै भन्नुभयो– ‘५१ सालमा तपाईं गृहमन्त्री हुँदा तपाईंका अरिंगाल सेनाले सिंहदरबारअगाडि खुकुरी हानेको बिर्सेको छैन, त्यसको परिणाम जनयुद्ध श्ँुरू भएर के आयो त्यही भित्तेकाण्ड सम्झिनुहोस्।’ उक्त अवसरमा डा. भट्टराईले मातातीर्थ जग्गा विधि प्रक्रिया पु¥याएर मोहीलाई दिएको सम्बन्धमा त्यतिबेलाका सम्पूर्ण कागजात प्रस्तुत गर्नुभएको थियो।नेपाल समाचारपत्र,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button