खेलकुद

मलेसियासँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले शनिबार मलेसियासँग खेल्दै एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा सुरुवात गर्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो १२:१५ पछि थाईल्यान्डको बैंककमा सुरु हुने छ । दुबै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचमा रहेका छन् । हङकङसँगको पाँच टि ट्वान्टी सिरिज क्लिनस्विप गरेको मलेसियाको मनोबल उच्च छ ।

मलेसिया त्यहि लयलाई निरन्तरता दिदै नेपालमाथि आश्चर्यजनक नतिजा निकाल्न चाहान्छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने नेपाल विगतको जस्तै मलेसियामाथि सहज जितको प्रयास गर्ने छ । पछिल्लो समय मलेसियाले नेपाललाई बलियो चुनौती दिदै आएको छ ।

ओपनिङ पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ललेनै गर्ने सम्भावना छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकासँग डेब्यू गर्दै विश्व कीर्तिमानी अर्ध शतक प्रहार गरेका युवा ब्याट्सम्यान कुशल मल्लले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना उच्च छ । दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र विनोद भण्डारीले मध्यक्रम समाल्ने छन् । नेपालले पवन सरार्फ र सन्दीप जोरा मध्य एकलाई मैदान उतार्ने छ । अलराउन्डरको रुपमा कुशल हुँदा पवन सम्भावना कम देखिन्छ ।

तीब्र गतिमा करण केसी र अभिनाश बोहराको जोडीलाई मैदान उतार्ने छ । स्पिनरमा सन्दीप लामिछाने र सुशन भारीको जोडी रहने सम्भावना छ । पारस खड्का, करण केसी र सन्दीप लामिछाने र कुशल मल्ललाई प्रमुख हतियारको रुपमा रहने छन् । सन्दीपले पावर प्लेमै नयाँ बलले बलिङ गर्न सक्छन् ।

स्पिनर भुवन कार्की र युवा तीब्र गतिका बलर किशोर महतोको आजको खेलमा बेन्चको सम्भावना देखिन्छ । समग्रमा नेपालले अलराउन्डर सहित ७ ब्याट्सम्यान र चार प्रमुख बलर मैदान उतार्न सक्छ ।

पारसले दुई टि ट्वान्टी सिरिज अन्तर्गत गत जुलाईमा पहिलो खेलमा मलेसियाविरुद्ध ८६ रनको अविजित इनिङ खेलेका थिए । जुलाइमानै सिंगापुरमा भएको आईसीसी टि२० एसिया इस्टर्न रिजन छनोटमा ज्ञानेन्द्रले मलेसिया विरुद्ध २० बलमा अर्ध शतक नेपालबाट सर्वाधिक छिटो ५० रन पुरा गर्ने कीर्तिमान कायम गरेका थिए । यी दुबै खेलाडीबाट त्यस्तै प्रर्दशनको आशा गरिएको छ ।

यता राम्रो लयमा देखिएको मलेसिया ओपनर विरनदीप सिंह नायक बन्न सक्छन् । निरन्तर राम्रो प्रर्दशन गर्दै आएका विरनदीपले नेपालसँगको पहिलो टि ट्वान्टी खेलमा ५७ रन जोडेका थिए । विरनदीपले हङकङसँगको सिरिजमा पनि राम्रो प्रर्दशन गर्दै आफ्नो लयलाई कायम राखेका छन् । मलेसियाका कप्तान अहमद फैज र सैद अजिज पनि उसका प्रमुख ब्याट्सम्यान हुन् । दुबै राम्रो लयमा रहेका छन् ।

हङकङसँगको पाँच टि ट्वान्टी सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका स्पिनर खिजार हायत घातक बन्न सक्छन् । उनले हङकङसँग पहिलो खेलमा डेब्यू गर्दै २ ओभरमा ४ रन खर्चेर ५ विकेट लिदै सनसनी मच्चाएका थिए । स्पिनर फ्रिती साम, पवनदीप र तीब्र गतिका बलर स्याजारुल इद्रस पनि राम्रो लयमा देखिन्छन् ।

नेपाल र मलेसियाबीचको तीन टि२० आई नतिजा

आईसीसी टि २० विश्वकप एसिया रिजन छनोट २०१९ (सिंगापुर)

मलेसिया ८३–७ (९ ओभर)

नेपाल ८६–३ (८ ओभर)

नेपाल ७ विकेटले विजयी

दुई टि ट्वान्टी सिरिज २०१९ (मलेसिया)

पहिलो खेल :

मलेसिया १२८–९ (२० ओभर)

नेपाल १२९–३ (१८.३ ओभर)

नेपाल ७ विकेटले विजयी

दोस्रो खेल :

नेपाल १७३–६ (२० ओभर)

मलेसिया १६७–७ (२० ओभर)

नेपाल ६ रनले विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button