खबर

छ सय गाडी भन्सारमा अलपत्र

सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साहले आयातकर्ताले विदेशबाट विलासी कार जिप आयात गरेका तर जाँच पास नगराउँदा ती सवारीसाधन भन्सार याडमा थन्किएको बताउनुभयो । छ सय कार जिपमा हुन्डाई, टोयोटा, किया, इसुजुलगायत ब्रान्डका कारको सङ्ख्या उच्च रहेको छ ।

तेस्रो मुलुकबाट आयात भई आएका विलासी कार जिपको भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिभृद्धि कर तथा सडक सम्भार दस्तुर गरी करिब सवारीसाधनको मूल्यभन्दा झण्डै डेढ सय प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले आयातकर्ताले ग्राहक पाएपछि मात्र यस्ता कार जिप छुटाउने गरेको भन्सार अधिकृतको भनाइ छ ।

आयातकर्ताले प्रदर्शनी कक्षमा राखिएका गाडी देखाएर गाडी बुक गर्ने गरेको र सोबापत अग्रिम रकम प्राप्त भएपछि मात्र गाडी छुटाउने प्रक्रिया अगाडि बढाउने गरेका छन् । गाडी खरिदमा बैङ्क र वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्न कडाइ गरेकाले पनि विलासी सवारीसाधनको आयातमा निकै कमी आएको छ ।  गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button