खबर

प्रहरीको सुन्दर नाराभित्र क्रुर व्यवहार !

सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्।

बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको हो।

“नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काका परिपूरकजस्तै हुन्”, ठमेलका समाजसेवी अर्जुन पुरी भन्छन्, “‘प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन। प्रहरी पेसाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छ”  गोरखापत्र दैनिकमा  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button