
धाइजन / बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी समूहको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । निर्वाचन समिति संयोजक गंगाप्रसाद कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर–११ का वडा अध्यक्ष सन्तोषकुमार मेचेको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि वडा अध्यक्ष मेचेले निर्वाचन सर्वसम्मत गराउन सफल भएकोमा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले चाँडो भन्दा चाँडो वनको बेथितिलाई निराकरण गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए ।
कार्यक्रममा मेचीनगर–११ का वडा सदस्यहरु सुनिल राजवंशी, अञ्जु वर्देवा, यशोदा डाँगी, नेकपा मेचीनगर–११ का अध्यक्ष नेत्रबहादुर अधिकारी, नेपाली काँग्रेस मेचीनगर–११ का सभापति कुसुम मेचे, जिल्ला सबडिभिजन कार्यालयका रेन्जर कुलप्रसाद भट्टराई, नेकपा मेचीनगर–११ का सहइञ्चार्ज शान्तिराम चिमरियालगायतको आतिथ्यता रहेको थियो ।
निर्वाचन पक्रियाबाट समितिको अध्यक्षमा तकदिर प्रसाई, उपाध्यक्षमा अशोककुमार राजवंशी, सचिवमा हिमादेवी भट्टराई दाहाल, कोषाध्यक्षमा अनिता राजवंशी, सहसचिवमा नरेन्द्रकुमार राई सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी, महिला सदस्यहरुमा उर्मिला मगर, निर्मला कोइराला तथा सदस्यहरुमा आइतबहादुर विक, श्याम धिमाल, सुर्जन कवर, मातृका धिमाल, राजेश राउत, कृष्णप्रसाद भट्टराई, रेणुका तामाङ, मिनिता केसी दाहाल, रीता खड्का कठेत, तीर्थकुमारी डाँगी, सीता सिटौला चयन भएको निर्वाचन समिति संयोजक कडरियाले जानकारी दिए । संस्थाको २४ औं साधारणसभाबाट निर्वाचन समितिको सदस्यहरुमा चन्द्रप्रसाद आचार्य र पुष्पा मगर चयन भएका थिए ।
समितिको गठन दलीय भागवण्डा अन्तर्गत भएको निर्वाचन समिति संयोजक कडरियाले बताए । नेपाली काँग्रेसबाट कोषाध्यक्ष र २ सदस्य गरी ३ पदाधिकारी तथा बाँकी सम्पूर्ण पदाधिकारी नेकपाबाट चयन गरिएको जनाइएको छ । कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य चन्द्रप्रसाद आचार्यले गरेका थिए ।janasamsadonline



