स्वास्थ्य

कोरोना नियन्त्रणमा चीन कसरी सफल भयो ?

विश्वका एक सय ९३ देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । चीनबाट सुरु भएको यो भाइरसले अहिले युरोपलाई केन्द्र बनाएको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोभिडले अहिलेसम्म संसारभर १५ हजार बढीको मृत्यु भइसकेको छ । चीनमा तीन हजार दुई ७० जनाको मृत्यु भएको छ । संक्रमित ८१ हजार ९३ जनामध्ये निको भएका ७२ हजार सात सय तीन छन् । पछिल्लो पाँच दिनमा वुहानमा कोरोना संक्रमित नयाँ विरामी शून्य देखिएका छन् ।

युरोप र अमेरिकामा कोरोना विस्तार हुँदै गर्दा चीनले कसरी कोरोना नियन्त्रणमा लिन सक्यो त ? चीनले कस्तो तरिका र उपायले कोरोनामाथि विजय हात पार्‍यो ? यतिबेला सबैको ध्यान यसमै केन्द्रित भएको छ । कोरोनाको पहिलो संक्रमण देखिएको हुबेई चीनको प्रमुख आद्योगिक प्रान्त हो । हुबेईको प्रान्तीय राजधानी वुहानलाई विश्वकै फ्याक्ट्री पनि भनिन्छ । ११ मिलियनभन्दा बढी मानिसको बसोवास रहेको वुहानमा २०१९ डिसेम्बर अन्तमा नयाँ भाइरस देखियो । भाइरसको संक्रमण फैलिँदै गएपछि ३१ डिसेम्बरमा चीनले विश्व स्वास्थ्य संगठनलाई निमोनियाजस्तै नयाँ बिरामीको संख्या बढेको जानकारी गरायो । त्यसपछि विश्वकै ध्यान चीनमा फैलिएको नयाँ भाइरसमा केन्द्रित भयो । वुहानमा दैनिक हजारौँको संख्यामा नयाँ मान्छेमा भाइरसको संक्रमण देखिन थाल्यो ।

पहिलोपटक ‘हुनन सी फुड मार्केट’ मा यो भाइरस देखिएको थियो । जनावरबाट भाइरस फैलिएको आशंकामा चीनले ‘हुनन सी फुड मार्केट’ १ जनवरीमा बन्द ग¥यो । तैपनि भाइरस संक्रमितको संख्या कम भएन । नयाँ वर्षको रमझममा रमाइरहेको चीनले सुरुवातमा मान्छेबाट मान्छेमा कोरोनाको संक्रमण फैलिन्छ भन्ने कुरा पत्तै पाएन । भाइरसका कारण कसैको पनि मृत्यु नभएका कारण चीनले यसलाई गम्भीरतापूर्वक लिएन । तर, ९ जनवरीमा संक्रमणका कारण एकजनाको मृत्यु भएपछि चीन थोरै गम्भीर देखियो । भाइरस जाँच गर्ने किट तयार गर्दा गर्दै जनवरी दोस्रो साता सुरु भइसकेको थियो । जनवरी तेस्रो सातासम्म पुग्दा वुहानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिसकेको थियो ।

२३ जनवरीमा वुहान लकडाउन

चीनले २३ जनवरीमा वुहान सहर लकडाउन गर्‍यो । सार्वजनिक सवारीसाधन, रेल, विमान सञ्चालनमा प्रतिबन्ध लगायो । वुहान सहरबाट बाहिर जान र सहर भित्रिन प्रतिबन्ध लगायो । संसारभरका मानवअधिकारवादीले चिनियाँ कदमको आलोचना गरे । तर, विश्व स्वास्थ्य संगठनले भने लकडाउन गर्ने चिनियाँ निर्णयकै कारण वुहानबाहिर भाइरसको संक्रमण रोकिएको तथ्य प्रस्तुत गर्‍यो । एक महिना लामो लक डाउनपछि वुहान सहरको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ । सोमबारसम्म चीनमा नयाँ संक्रमितको संख्या ४६ मात्र छ ।

१० मार्चमा चिनियाँ राष्ट्रपति सी जिङपिङले वुहान भ्रमण गरे । १९ मार्चमा चीनले वुहान सहरमा एउटा पनि नयाँ संक्रमित नभेटिएको बतायो । तीन हजार एक सय ६१ (यो सामग्री तयार पार्दासम्म) जनाको मृत्युपछि चीनले कोरोनामाथि विजय हासिल गरेको घोषणा गरिसकेको छ । चीनले आफ्ना स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीसहितको टोली अहिले कोरोनाको उच्च संक्रमण देखिएको देश इटालीमा पठाएको छ । जसको अर्थ हो– चीनले कोरोना नियन्त्रणमा लिइसकेको छ ।

वुहानमा चीनका ४० हजारभन्दा बढी डाक्टर र नर्स
८१ हजारभन्दा बढी मान्छे संक्रमित भइरहँदा चीनमा स्वास्थ्य सामग्रीको अभाव पनि महसुस भयो । डाक्टरको पनि अभाव हुन थाल्यो । यो अभाव पूर्ति गर्न चीनले आफ्ना अन्य प्रान्तबाट वुहानमा डाक्टर पठाउन सुरु गर्‍यो । कोरोनाको इपिसेन्टर वुहानमा चीनका विभिन्न प्रान्तबाट ४० हजारभन्दा बढी डाक्टर र नर्स आए ।

विभिन्न कम्पनीले भिडभाडमा मास्क नलगाएको मानिस पहिचान गर्ने प्रविधि पनि विकास गरे । मास्क नलगाई हिँड्नेलाई समातेर मास्क लगाउन भनियो । लक डाउन गरिएको वुहानमा मात्र होइन, कोरोना संक्रमण देखिएका अन्य सहरमा बसोवास गर्ने मान्छेलाई एउटा ‘क्यू आर’ कोड दिइयो । ‘क्यू आर’ कोडमा मान्छेको यात्रा विवरण, रोगजस्ता कुरा समावेश गरियो । अर्थात् मान्छेमाथि अत्यधिक निगरानी राखियो ।

एक स्थानबाट अर्को स्थानमा स्वास्थ्य सामग्री ओसार–पसार गर्न कुरियर सर्भिसले निःशुल्क सेवा दिए । अन्य बिरामी भएकालाई तीन महिनाको औषधि घरमा पु¥याउने व्यवस्था मिलायो । देशभर अस्पतालको सञ्जाल बनाएर निःशुल्क कोरोना जाँचको व्यवस्था गरियो । वुहान सहरका प्रत्येक गल्लीमा कोरोना जाँच गर्ने क्याम्प स्थापना गरियो । कोरोना संक्रमित सबैको उपचार खर्च सरकारले व्यहोर्‍यो । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको खोजी गरियो । संक्रमित व्यक्ति गएको सबै स्थानमा स्वास्थ्यकर्मी परिचालन गरियो ।

यति मात्र होइन, लकडाउन सहरभित्रका हरेक मान्छेको सूची तयार गरियो । ती मान्छेहरू कहिले कहाँ गए ? को–कोसँग भेटे भन्ने तथ्यांक निकालियो । र, त्यसैका आधारमा जाँच गरियो । देशभरका सडकमा थर्मल क्यामेरा जडान गरियो जहाँ कुनै पनि व्यक्तिको तापक्रम ३७.२ डिग्री सेल्सियसभन्दा बढी देखिनेबित्तिकै क्वारेन्टाइनमा राखियो ।

विभिन्न कम्पनीले भिडभाडमा मास्क नलगाएको मानिस पहिचान गर्ने प्रविधि पनि विकास गरे । मास्क नलगाई हिँड्नेलाई समातेर मास्क लगाउन भनियो । लक डाउन गरिएको वुहानमा मात्र होइन, कोरोना संक्रमण देखिएका अन्य सहरमा बसोवास गर्ने मान्छेलाई एउटा ‘क्यू आर’ कोड दिइयो । ‘क्यू आर’ कोडमा मान्छेको यात्रा–विवरण, रोगजस्ता कुरा समावेश गरियो । अर्थात् मान्छेमाथि अत्यधिक निगरानी राखियो ।

जसका आधारमा डाक्टरलाई संक्रमण पहिचान गर्न र क्वारेन्टाइनमा पठाउन सहज भयो । क्वारेन्टाइनमा राख्न १६ वटा मात्र अस्थायी अस्पताल निर्माण गरियो । सामाजिक सञ्जालमा सकारात्मक समाचार सम्प्रेषणमा जोड दिइयो । चिनियाँ सञ्चारमाध्यम मात्र होइन, चीनबाहिर रहेका कूटनीतिज्ञ पनि सकारात्मक समाचार फैलाउन लागिपरे ।

१४ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधान कडाइसाथ लागू

वुहानबाहिर संक्रमण फैलिन नदिन चीनले कडा नियम लागू गर्‍यो । १४ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधान कडाइसाथ लागू गरियो । हुबेई प्रान्तमा यात्रा गरेका वा त्यहाँका मान्छेसँग सम्पर्क भएका मान्छेले क्वारेन्टाइनमा बस्नुपर्ने भयो । आफ्नो सहर छाडेर बाहिर गएका नागरिकले पनि क्वारेन्टाइन बस्नुपर्ने भयो । देशभित्र वा देशबाहिरबाट यात्रा गरेर आएका वा यात्रा गरेकाहरूसँग सम्पर्कमा आएकाले पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भयो । छिमेकमा कोही संक्रमित छ भने क्वारेन्टाइन बस्नुपर्ने भयो । ३७.३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएमा पनि क्वारेन्टाइन बस्नुपर्ने नियम चीनले कडाइसाथ लागू गर्‍यो ।

विश्व स्वास्थ्य संगठन भन्छ, ‘संकटको समयमा चीनले द्रुत गतिमा आफ्नो कार्य देखाएर विश्वलाई चकित पारेको छ । कुनै पनि हालतमा ढिला नगरौँ । छिटो गरेर मात्र पुग्दैन, सुपर फास्ट तरिकाले काम गर्नुपर्छ ।’

विश्व स्वास्थ्य संगठन भन्छ, ‘संकटको समयमा चीनले द्रुत गतिमा आफ्नो कार्य देखाएर विश्वलाई चकित पारेको हो । ढिला नगर्नुहोस् । यो चीनबाट सिकिएको उदाहरण हो । कुनै पनि हालतमा ढिला नगरौँ । छिटो गरेर मात्र पुग्दैन सुपरफास्ट तरिकाले काम गर्नुपर्छ ।’ क्वारेन्टाइनको यो कडा नियमका कारण हुबेई प्रान्तको वुहान सहरभन्दा बाहिर कोरोना संक्रमण धेरै फैलिएन । यसबाहेक चीनले आफ्ना ठूला सहरमा हरेक तीन सय मिटरको फरकमा तापक्रम नाप्ने व्यवस्था मिलायो । यसले कोरोना संक्रमणको शंका लाग्नासाथ जाँच गर्न सजिलो बनायो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले एक अन्तर्वार्तामा भने, ‘यो प्रत्येक चिनियाँ नगरिकको लडाइँ हो ।’ नभन्दै कोरोनासँगको लडाइँमा चीनले आफ्नो सबै शक्ति लगायो । कोरोनामाथि चीनको विजय चिनियाँ नागरिक, स्वास्थ्यकर्मी, नेतृत्व र सेना सबैको सामूहिक प्रयासको सफलता हो । चीनको अद्भूत सफलताको व्याख्या गर्दै विश्वप्रख्यात टाइम म्यागजिनले यसपटकको आफ्नो कभर फोटोमा चिनियाँ डेलिभरी म्यानको तस्बिर राखेको छ । चिनियाँ सञ्चारमाध्यम चाइना मर्निङ पोस्टका अनुसार अत्यावश्यक सामग्री घर–घरमा पुर्‍याउन चीनमा तीन लाखभन्दा बढी स्वयंसेवी खटिएका थिए ।

यदि चीनले एक करोड १० लाखभन्दा बढीको बसोवास भएको वुहान लक डाउन नगरेको भए ? वा चीनले वुहान लक डाउन गर्ने निर्णय लिन एक दिन मात्र पनि ढिला गरेको भए ? अवस्था भयावह हुने निश्चित थियो । त्यसैले त विश्व स्वास्थ्य संगठन भन्छ, ‘संकटको समयमा चीनले द्रुत गतिमा आफ्नो कार्य देखाएर विश्वलाई चकित पारेको हो । ढिला नगर्नुहोस् । यो चीनबाट सिकिएको उदाहरण हो । कुनै पनि हालतमा ढिला नगरौँ । छिटो गरेर मात्र पुग्दैन सुपरफास्ट तरिकाले काम गर्नुपर्छ ।’ अन्त्यमा, लक डाउन र मान्छेबीचको दूरी बढाउने काम नै कोरोना नियन्त्रणमा चीनको सबैभन्दा शक्तिशाली हतियार साबित भयो । त्यसैले विश्व स्वास्थ्य संगठन भन्छ– मान्छेबीच दूरी बढाउनु नै कोरोना संक्रमण फैलिनबाट रोक्न सकिने एक मात्र उपाय हो । शंका लागेका हरेक मान्छेको जाँच निःशुल्क गर्नुहोस् (अमेरिकामा कोरोना नेगेटिभ भेटिएमा शुल्क लिने गरिएको छ) मान्छेबीच दूरी बढाउनुको विकल्प छैन ।

संक्रमण फैलिन नदिन मान्छे–मान्छेबीचको सम्पर्कविच्छेद

विश्व स्वास्थ्य संगठनका अनुसार चीनले संक्रमण फैलिन नदिन प्राचीन तरिका अपनायो । अर्थात् मान्छे–मान्छेबीचको सम्पर्क टुटायो । जसका कारण कोरोना भाइरस फैलिन पाएन । चीनले वुहान सहर मात्र होइन, हुबेई प्रान्तका साना–ठूला गरी १५ वटा सहर पनि लकडाउन गर्यो । आवत–जावतमा पूर्ण प्रतिबन्ध लगायो । तर, प्रतिबन्ध लगाएर, लक डाउन गरेर मात्र भाइरसमाथि चीनले विजय हासिल गरेको भने होइन । भाइरससँगको लडाइँ चीनको राष्ट्रिय प्राथमिकता बन्यो । संक्रमणको इपिसेन्टर मानिएको वुहानमा देशभरबाट स्वास्थ्यकर्मी ल्याइयो । देशभरको स्वास्थ्य सेवा वुहानमा केन्द्रित गर्‍यो । र, चीनको आधुनिक इतिहासमा पहिलोपल्ट सैनिक स्वास्थ्यकर्मीलाई नागरिकको उपचारमा खटाइयो ।

यति प्रयासले मात्र भाइरसमाथि विजय पाउन सम्भव थिएन । बढिरहेका संक्रमितलाई राख्न वुहानका अस्पताल अपर्याप्त भइसकेका थिए । त्यसैले चीनले आफ्नो अद्भूत निर्माण क्षमताको प्रयोग गरेर एक हजार शय्याको एउटा र १६ सय शय्या अर्को एउटा अस्पताल निर्माण गर्‍यो । विद्यालय, होटेल र रंगशालालाई क्वारेन्टाइनमा परिणत गर्‍यो । चीन सरकारको यी कामले संक्रमित व्यक्तिलाई सहज भयो । संक्रमणको आशंका भएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न पनि सजिलो भयो ।

तर, एक करोड १० लाखभन्दा बढी जनसंख्या भएको सहरमा अरू कति मान्छे संक्रमित छन् भनेर पत्ता लगाउनु अर्को चुनौती थियो । लक डाउन गरिएको सहरमा अत्यावश्यक सेवा पुर्‍याउनुपर्ने अर्को चुनौती चीनसँग थियो । यी तमाम चुनौतीको सामना गर्ने उद्देश्यसहित १३ फेब्रुअरीमा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले ‘कोरोनासँगको लडाइँमा औपचारिकता र ब्युरोक्रेसी सबैभन्दा ठूला दुस्मन हुन् । त्यसैले यिनलाई पन्छाउँदै जानुपर्छ’ भन्ने निर्णय गर्‍यो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका लक्षणबारे चीनले भाइरसको तुलनामा निकै छिटो जानकारी फैलायो । यसले मान्छेलाई सचेत बनाउन मद्दत गर्‍यो । शंका लागेका व्यक्तिलाई जाँच गराउन पनि सहज बनायो । लक डाउन गरिएको वुहानका घरमा रहेका अन्य बिरामीलाई औषधि, अत्यावश्यक वस्तु र खाद्यान्न घर–घरमा पुर्‍याउने व्यवस्था मिलायो ।nayapatrikadaily/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button