खबर

पशुपतिनगरबाट पक्राउ परेका नौजनालाई तेह्रथुम पठाईयो

सन्दकपुर डाँडासम्मको ५२ किलोमिटर नेपाल–भारत खुल्ला सिमानाबाट भारतीय नागरिक नेपाल प्रवेश

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), चैत्र १९ गते । इलामको पशुपतिनगरबाट पक्राउ परेका नौजनालाई स्थानीय प्रहरी प्रशासनले तेह्रथुम पठाएको छ । लकडाउनको समयमा भारतको सुकीय र मानेभञ्ज्याङबाट भागेर पशुपतिनगर आउँदै गर्दा पक्राउ परेका नौ जनालाई आवश्यक स्वास्थ्य परीक्षण गरी क्वारेन्टाईनमा बस्ने सर्तमा बुधबार तेह्रथुक पठाईएको हो ।

इलामको रोङ गाउँपालिका देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ किलोमिटर नेपाल–भारत खुल्ला सिमानाको फाईदा उठाउँदै भारतमा काम गर्न, पढ्न र भारतीय नागरिक समेत नेपाल प्रवेश गरिरहेका छन् ।

यसरी आउनेहरु कुनै स्वास्थ्य परीक्षण नगराउने र क्वारेन्टाईनमा समेत नबस्ने गरेका कारण इलामका सिमावर्ती ग्रामिण क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । प्रहरीले पशुपतिनगर र जौवारी नाकामा कडाई गरेपछि अवैध तरिकाले आउनेहरुको संख्या समेत बढ्दै गएको छ ।
भारतका विभिन्न स्थानमा मजदुरी गर्दै आएका उनीहरु कोरोनाको त्रासका कारण घरसम्म जानका लागि उक्त बाटो भएर आएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर रमेश राईले जानकारी दिनुभयो । तेह्रथुम स्थायी घर भएका उनीहरुलाई सूर्योदयन गरपालिकाका नगर प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई सँगको समन्वयमा स्वास्थ्य परीक्षण गराई गाउँमा गएर १४ दिन क्वारेन्टाईनमा बस्ने सर्तमा पठाईएको इन्सपेक्टर राईले बताउनुभयो ।

तेह«थुमको फेदापका राजकुमार भुजेल, दिलबहादुर भुजेल, धनबहादुर भुजेल, संगम भुजेल, सुमन भुजेल, जंगबहादुर भुजेल लगायतका नौ जनालाई प्रहरीले सीमा पार गरी नेपाल प्रवेश गर्दै गर्दा पक्राउ गरेको थियो । इन्सपेक्टर राईले भन्नु भयो ‘ स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा ज्वरो रुघा लगायतको कुनै लक्षण देखिएन, सचेत गराएर पठाएका छौ ।’गोरखापत्र अनलाइन 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button