खबर

लकडाउनमा सम्बन्ध विच्छेद: चीन देखेर जापान सतर्क

ओमशंकर श्रेष्ठ, काठमाडौं

बन्दाबन्दीका बेला विश्वका विभिन्न मुलुकमा महिला हिंसा बढिरहेको समाचार बाहिर आइरहेका बेला जापानले नयाँ उपाय खोजी गरेको छ । उसले चीनमा महिला हिंसाका कारण सम्बन्ध विच्छेदका घटना बढेको देखेर रोकथामको नयाँ उपाय निकालेको हो ।

कोरोना भाइरसका कारण विश्वका धेरैजसो व्यक्ति घरमै थुनिएको बेला सामाजिक सम्बन्ध बढ्नुको साटो हिंसा बढ्नु दुःखद घटना भएको छ । कोरोना भाइरसका कारण लकडाउनमा परेको चीनको उहान शहरमा एक महिना नबित्दै जीवनभरि साथ दिने र बस्ने प्रतिबद्धताका साथ विवाह बन्धनमा बाँधिएकाहरुमा विचलन आएको देखियो । यो अवधिमा तुलनात्मकरुपमा धेरै यस्ता जोडी सम्बन्ध विच्छेदका लागि सम्बन्धित निकायमा पुगे ।

यो संकट नआओस् भनेर जापानले सहव्यवसायको नयाँ सोच ल्याएको छ । यहाँ भाडामा बस्नेहरुलाई फ्ल्याट उपलब्ध गराउने एक जापानी फर्मले यस्तो तनावग्रस्त जोडीका लागि आफ्नो खाली अपार्टमेन्टमा बस्न आउन सुझाव दिएको छ ।

टोकियोको कासोकु कम्पनीले आफ्नो विज्ञप्तिमा कोरोना भाइरस संक्रमणका क्रममा सम्बन्ध विच्छेदका बारेमा सोच्नुअघि आफूसँग कुरा गर्न भनेको छ ।
कम्पनीले तमाम सुविधायुक्त आफ्नो अपार्टमेन्टमा रहन उनीहरुलाई प्रस्ताव पनि दिएको छ । समाचारअनुसार कम्पनीको उक्त प्रस्ताव अप्रिल ३ देखि शुरु भइसकेको छ र केही जोडीले यसको फाइदा पनि उठाइरहेका छन् ।

जापानमा अहिलेसम्म कोरोना संक्रमण ८ हजारभन्दा बढीमा फैलिसकेको छ भने यस महामारीबाट अहिलेसम्म १ सय ७८ को मृत्यु भइसकेको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले कोरोना संक्रमणलाई ध्यानमा राख्दै टोकियो, ओसाका र अन्य ५ प्रान्तमा आपत्काल घोषणा गरिसकेका छन् ।newsofnepal/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button