खबर

नेकपाले बाँड्यो सहिद, राजबन्दी, बेपत्ता परिवार र विपन्नलाई राहत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लाका मेल्लेख गाउँपालिका र जयगढ बान्नीगढी गाउँपालिकामा राहत वितरण गरेको छ । मेल्लेख गाउँपालिकामा ८ र जयगढ बान्नीगढी गाउँपालिकाका ७ सहिद परिवार, राजबन्दी परिवार, बेपत्ता योद्धा परिवार र अति विपन्न ३३ परिवारलाई दैनिक उपभोग्य खाद्यान्न वितरण गरिएको जानकारी जिल्ला जनसरकार अछामका प्रमुख सौगातले दिएका छन् ।

राहत वितरणपछि सौगातले भने, ‘जनयुद्धकालमा सहिदले गरेको बलिदानका कारण नै आज सत्ताको बागडोर समाल्न पुगेका पात्रहरूले सहिदहरूका सपना त बेचेर खाएखाए, आफ्ना सन्तान गुमाएर एकल जीवन व्यतित गरिरहेका सहिद परिवारका आमाबुबालाई समेत विश्वव्यापी कोरोना महामारीका कारण भोकभोकै रहेको अवस्थामा पनि बेवास्ता गरेकाले हामीले अत्यन्त प्रतिकूल समयमा पनि उनीहरूको घरआँगनमै गएर राहत वितरण गर्नुपरेको हो ।’

निर्वाचनताका समाजवादका खोक्रा नारा घन्काएर मत बटुल्ने वर्तमान शासकहरूले राहत वितरणका नाममा आफ्ना कार्यकर्ता पोस्ने र सस्तो लोकप्रियताको व्यापार मात्रै गरेको र सम्बन्धित गाउँका सरोकारवाला व्यक्तिले बारम्बार वास्तविक पीडितहरूलाई मात्र राहत प्रदान गर भनिरहँदा त्यसको कुनै सुनुवाइ नगरी प्रतिनिधिका आफन्तलाई मात्र राहत बाँडेकाले विभेदमा पारिएका सहिद, राजबन्दी र अति विपन्न परिवारलाई आफूले राहत वितरण गरेको पनि जनसरकार प्रमुख सौगातले बताए । राहत वितरणकार्यलाई अझै केही दिनसम्म निरन्तरता दिने जानकारी उनले दिए ।२०७७, ९ जेष्ठ शुक्रबार ०७:२६ ई-रातो खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button