खेलकुद

लेवान्डोस्की चम्कदा बायर्नको फराकिलो जित

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की चम्कदा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले डुसेलडर्फमाथि ५–० को फराकिलो जित निकालेको हो ।

जितँसगै बायर्न म्युनिखले शीर्षस्थानमा १० अंकको फराकिलो अग्रता लिदै उपाधि यात्रालाई थप बलियो बनाएको छ । बायर्नको २९ खेलबाट ६७ अंक पुगेको छ । एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डको ५७ अंक छ । पराजित डुसेलडर्फ २७ अंकसहित १६औं स्थानमा रहेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा बायर्नको फराकिलो जितमा लेवान्डोस्कीले दुई तथा बेन्जामिन पाभर्ड र अलफन्सो डाभिसले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

एकपक्षीय बनेको खेलको १५औं मिनेटमा बायर्नले आत्मघाती गोलबाट अग्रता लिएको थियो । डुसेलडर्फका म्याथियस जर्गेन्सनले बेन्जामिन पाभर्डको प्रहारलाई जोगाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । २९औं मिनेटमा जोसुवा किम्मिचको पासमा पाभर्डले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । ४३औं मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

दोस्रो हाफको शुरुवाती ७ मिनेटमा बायर्नले थप दुई गोल गर्दै बायर्नले खेललाई पुरै आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए । ५०औं मिनेटमा लेवान्डोस्कीले सर्जी जिनाब्रीको पासमा व्यत्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । त्यसको दुई मिनेटपछि अलफन्सो डाभिसले गोल गर्दै बायर्नलाई ५–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न फराकिलो जित निकाल्न सफल भयो ।

डुसेलडर्फविरुद्ध दुई गोल गरेसँगै बुन्डेस लिगामा उच्च गोलकर्ता रहेका ३१ वर्षीय लेवान्डोस्कीले २७ खेलमा आफ्नो गोलसङ्ख्या २९ पु¥याएको छ । बायर्नको लागि लेवान्डोस्कीले यो सिजन ३७ खेलमा गोलसङ्ख्या ४३ पुगेको छ । उनलाई आरबी लाइप्जिगका टिमो वेर्नर (२४) ले पछ्याइरहेको छ ।

बुन्डेस लिगामा अब ५ चरणको खेल बाँकी छ । बुन्डेस लिगाको लगातार आठौंपटक च्याम्पियन बन्ने दाँउमा रहेको बायर्नलाई अब उपाधिका लागि ५ मध्ये ३ खेलमा जित आवश्यक छ ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button