
१८ असोज २०७७
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं ६ शान्ति टोल निवासी श्याम कार्की (श्याम दाई)को आज निधन भएको छ । लामो समयदेखि काँकरभिट्टामा अतिथि होटल संचालन गर्दै आएको कार्की सामाजिक अगुवा समेत थिए । श्याम दाईका नामले परिचित कार्कीको अहिले ४ बजे स्थानिय मेची नदीमा अन्थेष्टि गरिने बताईएको छ ।
केही समय अघि मात्र बे्रन मेनेनजाईटिष्टको समस्याले अस्वस्थ्य बनेका उनलाई उपचारका लागि काठमाडौ लगिएको थियो ।
उनका छोरा राजु कार्की नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेताका रुपमा परिििचत छन् भने अर्का छोरा दिपक होटल ब्यबसायी हुन् । समाजमा सरल र सहयोगी को परिचय बनाएका स्वर्गीय कार्की प्रति चौतारी पोष्ट अनलाइन परिवार हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछौँ ।



