खबर

विश्व आवादीको प्रत्येक १० मा १ जना कोराना संक्रमित हुनेः डब्ल्यूएचओ

२० आश्विन २०७७

एजेन्सी
विश्व स्वास्थ्य संगठनले विश्वभरी प्रत्यक १० मध्य एक ब्यक्ती कोरोना भाइरसबाट संक्रमित हुन सक्ने खुलासा गरेको छ । कोरोना भाइरसलाई लिएर सोमबार भएको डब्ल्युएचओको ३४ सदस्यिय कार्यकारी वोर्डको बैठकमा डाक्टर माइकल रेयानले सहरी तथा ग्रामिण इलाकामा संक्रमित संख्यामा परिवर्तन हुन सक्ने बताए । यसको अर्थ विश्वमा ठुलो आवादी खतरामा रहेको उनले स्पष्ट पारे ।
विशेषज्ञहरुले पनि कोरोना भाइरस संक्रमित जति संख्या बताइरहेको छ , वास्तवमा त्यो भन्दा धेरै बढी यसको संक्रमणको सिकार भइरहेको यसअघि नै भनेका थिए । कोरोना प्रभावित कयौं देशमा आधारभुत स्वास्थ्य सेवाको अभाव यसको प्रमुख कारण हो । यसले गर्दा न त समयमै कोरोना भाइरसको परीक्षण हुन सकेको छ न त विरामीहरु कै उपचार भइरहेको छ ।
कोरोना विरुद्ध प्राकृतिक रुपमा मानवमा प्रतिरोधात्मक क्षमताको विकास हर्ड इम्युनिटीको अवस्था पनि सम्भव देखिएको छैन् । यसअघि डब्ल्युएचओका आपतकालिन मामिला प्रमुख डाक्टर माइकल रेयानले विश्वमा कुनै पनि ठाउँमा हर्ड इम्युनिटीको स्थिति नभएको बताएका थिए। भाइरस प्रसार रोक्ने आवस्यक मानिएको उक्त अवस्थाका लागि विश्व आवादीका हिसाव अहिलेसम्म कतैबाट पनि त्यसको नजिक नभएको उनले बताए ।
डब्ल्युएचओ महानिर्देशकका वरिष्ठ सल्लाहकार डा ब्रुस एलवार्डले कुनै पनि कोरोना भाइरस खोपको ब्यापक भ्याक्सिनेसनको उद्देस्य विश्वको ५० प्रतिशत भन्दा बढी आवादीलाई यसको दायरा ल्याउनु रहेको बताए । यसका लागि विश्व स्वास्थ्य संगठन एक बृहत योजनामा पनि काम गरिरहेको उनले थपे । जसले खोपसम्मको पहँुच विश्वका सबै देशका लागि सुनिश्चित हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button