खबर

दार्जिलिङका सांसद विष्टको बयानलाई लिएर डीटीडीपीएलयु-द्वारा विरोध

दार्जिलिङका सांसद विष्टको बयानलाई लिएर डीटीडीपीएलयु-द्वारा विरोध
अक्टोबर 13, 2020

खरसाङ : भाजपा सांसद राजु विष्टले मिडियामा जीटीए सञ्चालन गर्नेहरू हिज-अस्तीसम्म हवाई चप्पल लगाउने गर्थे भन्ने बयानको गोजमुमोको भातृ संगठन डीटीडीपीएलयु-ले घोर विरोध जनाएको छ। डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिका प्रचार प्रसार सचिव सन्तोष तामाङले सांसद राजु विष्टको बयानको खण्डन गर्दै सासंदले जीटीए चलाउनेहरू हवाई चप्पल लगाउने भन्ने बयान दिएर गोर्खाहरूमाथि घृणापन देखाएको छ र यो बयान राजु विष्टले झट्टै फिर्ता लिनुपर्छ भनी बताए। डीटीडीपीएलयु-को पक्षबाट खरसाङ महकुमा समितिका प्रचार प्रसार सचिव सन्तोष तामाङले सांसद राजु विष्टलाई गोर्खाल्याण्डको लागि भनेर जनताले लाखौँ भोट दिएर जिताएर पठाएको हो, तर सांसदले गोर्खाल्याण्डको लागि होइन उल्टै गोर्खाको नै अपमान गरेको बताए। सांसद राजु विष्टले दार्जिलिङमा महाकाल बाबाको कसम खाएर गोर्खाल्याण्ड ल्याउँछु भनेका थिए। तर अहिले गोर्खा भएर आफ्नै गोर्खाहरूमाथि नै अपमानजनक टिप्पणी गर्नु राम्रो होइन भनी तिनले बताए। सांसद विष्टले हामी गोर्खाहरूलाई केवल हवाई चप्पल लगाउने मात्र देख्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै तामाङले सांसदको उक्त बयानको खण्डन गर्नको साथै सांसद विष्टले उक्त बयान झट्टै फिर्ता लिनुपर्ने पहाड़का सम्पूर्ण श्रमिकहरू तथा डीटीडीपीएलयु-को तर्फबाट माग गरेका छन्।
खरसाङमा 13 वटा समष्टिलाई लिएर गोजमुमो-को सांगठनिक सभा

अक्टोबर 13, 2020

खरसाङ: गोजमुमो खरसाङ महकुमा समितिको आयोजनामा खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटा समष्टिहरूलाई लिएर खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा एउटा सांगठनिक सभा सम्पन्न भयो। गोजमुमो खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटै समष्टिहरूका सभापति-सचिव, महकुमा डीटीडीपीएलयु सभापति-सचिव, नारी मोर्चा महकुमा सभापति-सचिव, युवा मोर्चा महकुमा सभापति-सचिव, भातृ संगठन महकुमा सभापति-सचिवहरूलाई लिएर महत्वपूर्ण सभा महकुमाको कार्यकारी सभापति समीरदीप ब्लोनको अध्यक्षतामा सम्पन्न भयो। सभामा खरसाङ महकुमाको प्रत्येक समष्टिका सभापति-सचिवले आ- आफ्नो समष्टिको सांगठनिक रिपोर्ट सभामा राख्दै प्रत्येक समष्टिभित्र कतिवटा गाउँ अनि कतिवटा बुथ पर्छ साथै प्रति बुथमा कति सय भोटरहरू छन्, उक्त समष्टिभित्र पर्ने बुथहरूमा अभिभावक संगठन, नारी मोर्चा, युवा मोर्चाको बुथ कमिटी भयो भएन, त्यसको पनि जानकारी सभामा प्रतिनिधी वर्गले राखे। आगमी 2021-मा सम्पन्न हुने पश्चिम बंगाल राज्य विधानसभा चुनाउवलाई केन्द्र गरेर सांगठनिक सभाको आयोजना गरिएको वक्ताहरूले बताए। आगमी 2021-मा सम्पन्न हुने राज्य विधानसभा चुनाउमा पार्टीको मूल मुद्दा, पर्जा पट्टा विषय पनि प्रतिनिधिहरूलाई जानकारी गराउन उक्त सभा डाकिएको जानकारी प्राप्त भएको छ। सभामा पर्यवेक्षकको रूपमा केन्द्रीय सांगठनिक सचिव रतन थापा, केन्द्रीय सदस्य लक्ष्मण राई, डीटीडीपीएलयु केन्द्रीय अध्यक्षा करुणा गुरूङ, महकुमा सांगठनिक सचिव दया देवान, मोहन लामा विशेष रूपमा उपस्थित थिए। सभाको सञ्चालन महकुमाको मूल सचिव अनोश थापाले गरेका थिए। सभामा महकुमा प्रसार सचिव उत्तम थापा, भक्तिमान तामाङ, युवा मोर्चा महकुमा अध्यक्ष पेबेनद्र गुरूङ, नारी मोर्चा महकुमा अध्यक्षा अनु प्रधान, डीटीडीपीएलयु महकुमा अध्यक्ष प्रणाम रसाईली, सचिव सागर गुरूङ उपस्थित थिए।
हाथरस घटनाको प्रतिवादमा महिला तृणमूल कांग्रेसद्वारा सिलगढीमा विक्षोभ र्‍याली


अक्टोबर 13, 2020

सिलगढी : हाथरस घटनाको प्रतिवाद जनाउँदै दार्जिलिङ जिल्ला महिला तृणमूल कांग्रेसको आयोजनामा आज सिलगढी सहरमा एउटा विक्षोभ र्‍याली निकालिइयो। उक्त र्‍याली सिलगढीको एयरभ्यु मोडबाट शुरू गरेर सहरको विभिन्न पथको परिक्रमा गरेपछि अन्तमा भेनस मोडमा पुगेर समापन गरियो। र्‍यालीमा राज्यका पर्यटन मन्त्री गौतम देव, महिला तृणमूल कांग्रेस राज्य सभानेत्री चन्द्रिमा भट्टाचार्य लगायत दलका अन्य नेतागण तथा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा चन्द्रिमा भट्टाचार्यले केन्द्रको भाजपा सरकारको खोइरो खन्दै हाथरस घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी किन मौन छन्? प्रधानमन्त्रीले ‘मन कि बात’ कार्यक्रममा किन यसबारे केही भन्दैनन्? भनी प्रश्न गरिन्। उत्तर प्रदेश लगायत भाजपा शासित राज्यहरूमा दलित युवतीहरूमाथि भइरहेको अत्याचारको प्रतिवाद जनाउँदै आज दार्जिलिङ जिल्ला महिला तृणमूलद्वारा उक्त र्‍याली निकालिइएको तिनले बताइन्।

आदिवासी विकास परिषद आलिपुरद्वार जिल्ला कमिटीको तर्फबाट सांसद जोन बारलालाई ज्ञापन


अक्टोबर 13, 2020

नगरकट्टा: अखिल भारतीय आदिवासी विकास परिषद आलिपुरद्वार जिल्ला कमिटीको तर्फबाट आज क्षेत्रीय सांसद जोन बारलालाई तिनकै बासगृहमा भेटेर 12 सुत्रीय मागलाई लिएर ज्ञापन बुझाएको छ। प्रतिनीधि टोलीमा सामेल कमिटीका जिल्ला सचिव विनय मुर्मु, आलिपुरद्वार जिल्ला सह सचिव प्राण सुरिन, फालाकाटा खण्डका अध्यक्ष गौतम टोप्पो, बितान चिकबराइक, अशोक सन्थाल, राम सन्थालले 12 बुँदे माग उल्लेख गरिएको ज्ञापन पत्र सांसदलाई बुझाए। उक्त ज्ञापनमा 1871 सालको जनगणना देखि नै रहेको आदिवासीहरुको पहिलो अनुच्छेद हटाइएको छ त्यसलाई 2021-को जनगणनामा हाल्नु पर्ने, आदिवासीहरुको सादरी भाषालाई मान्यता, डुवर्स क्षेत्रलाई पाँचौ अनुसूचीमा अन्तर्भुक्त गर्नु पर्ने, आदिवासी समुदायको 8 वटा जातीलाई अनुसूचित जनजातिमा अन्तर्भुक्त गर्नु पर्ने, स्कुलहरुमा सादरी भाषामा पठन पाठन शुरु गर्नु पर्ने आदि जस्ता मागहरू सामेल रहेको छ।siliguritimes/from, india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button